बिहीबार, भदौ ११, २०८३

देउवा र खड्काको कांग्रेस महाधिवेशन रोक्ने निवेदनमा सुनुवाई जारी

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं- कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न दिएको पूरक निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। 

विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो।  देउवा र खड्काले गत मंगलबार पूरक निवेदन दर्ता गरेका थिए। 

देउवा र खड्काले कांग्रेस विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गरिएको भन्दै महाधिवेशन अगाडी नबढाउन अन्तरिम आदेशको माग गरेका छन्।

देउवा र खड्काले यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशन एवं  निर्वाचन आयोगले वैधता दिनेगरी सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसलामा दिएको पुनरवलोकन निवेदनमा सर्वोच्चले निस्सा दिएको छ।

आजको सुनुवाईपछि सर्वोच्चले कांग्रेसको महाधिवेशन प्रक्रिया रोकिने या नरोकिने भन्ने विषयमा आदेश दिने छ।

प्रकाशित: Aug 27, 2026| 13:35 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्