शुक्रबार, भदौ १२, २०८३

एक जनालाई सांसद बनाउन आयोगले माग्यो १ करोड ६१ लाख

‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ६१ लाख  ३० हजार रुपैयाँ बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय भएको’ आयोगले जानकारी दिएको हो। आयोगले वैशाख १४ गते नै बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचारसमेत गरिसकेको छ। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं- राष्ट्रिय सभामा एक जना सांसदका लागि हुने उपचुनावका लागि निर्वाचन आयोगले १ करोड ६१ लाख रुपैयाँ बजेट माग गरेको छ। जेठ ६ गते एक सांसद्‍ पदका लागि हुने उपनिर्वाचनका लागि आयोगले सरकारसँग उक्त बजेट माग गरेको हो। 

‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ६१ लाख  ३० हजार रुपैयाँ बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय भएको’ आयोगले जानकारी दिएको हो। आयोगले वैशाख १४ गते नै बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचारसमेत गरिसकेको छ। 

उपनिर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतसमेत नियुक्त गरिसकेको छ। मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाइ बैसाख १६ बाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको जानकारी आयोगले दिएको हो। 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेपछि उनको सांसद पद रिक्त भएको थियो। केपी शर्मा ओली समूहको नेकपा (एमाले) प्रवेश गरेका बादलको स्थानमा उपनिर्वाचन हुन लागेको हो। 

प्रकाशित: Apr 27, 2021| 11:53 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।