शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैशाखभर सर्वोच्चमा ‘अत्यन्त जरुरी’बाहेकका रिट दर्ता र सुनुवाइ स्थगित

वैशाखभर सर्वोच्चमा ‘अत्यन्त जरुरी’बाहेकका रिट दर्ता र सुनुवाइ स्थगित

'२०७८ वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ गर्ने। सो बाहेकका अन्य कामकारबाही र सेवा स्थगन गर्ने,' सर्वोच्चले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं- सर्वोच्च अदातलमा २०७८ वैशाखभर 'अत्यन्त जरुरी'बाहेकका रिट दर्ता र सुनुवाइ नहुने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सररकाले काठमाडौं उपत्यकामा निषेध आदेश जारी गरेपछि सर्वोच्चले 'अत्यन्त जरुरी'बाहेकका रिट दर्ता र सुनुवाइ स्थगित गर्ने निर्णय गरेको हो।

'२०७८ वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ गर्ने। सो बाहेकका अन्य कामकारबाही र सेवा स्थगन गर्ने,' सर्वोच्चले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

सेवा प्रवाह स्थगन भएको अवधिका मुद्दा, रिट तथा निवेदनमा हदम्याद र तारेख नगुज्रने समेत सर्वोच्चले प्रष्ट पारेको छ। ‍

No description available.

प्रकाशित: Apr 27, 2021| 12:15 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।