शुक्रबार, भदौ १२, २०८३

पूर्व राजारानीको स्वास्थ्य अवस्था सुधारोन्मुख

कोरोना भाइरस संक्रमण भएर उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमण भएर उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। संक्रमण भएपछि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल पूर्वअधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्। 

उपचारमा संलग्न डा. जेपी जयसवालले नेपाल समयसँग भने, ‘अहिले पनि म पूर्वराजारानीसँगै छु। उहाँहरूको अवस्था सुधारोन्मुख छ।' अक्सिजन लेभल केही घटेकाले अक्सिजन दिइरहेको उनले बताए।

उनले भने, ‘आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छैन। उहाँहरुको स्वास्थ्य अवस्था दैनिक सुधार देखिँदै आएको छ। तीनैजना खतरामुक्त हुनुहुन्छ।’

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते नर्भिकमा भर्ना भएका थिए।

प्रकाशित: Apr 27, 2021| 12:18 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।