शुक्रबार, भदौ १२, २०८३

पत्रकारलाई ननिकाल, पूरै पारिश्रमिक देऊ : महासंघ

‘सूचना प्रवाहको दायित्व पूरा गरिरहेका सञ्चारमाध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन महासंघ सरकारसँग माग गर्दछ।’
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं–  नेपाल पत्रकार महासंघले कोरोना महामारीका बेला श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानलाई राहत र सहुलियतका व्यवस्था गर्न माग गरेको छ। महासंघले मंगलबार अपिल जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो।

अपिलमा भनिएको छ, ‘सूचना प्रवाहको दायित्व पूरा गरिरहेका सञ्चारमाध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन महासंघ सरकारसँग माग गर्दछ।’  महासंघले कोरोना सक्रमण भई उपचार आवश्यक भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्ड अवलम्बन गर्न सबै पत्रकारमा अपिल गरेको छ। 

अपिलमा भनिएको छ, ‘अग्रपंक्तिमा काम गर्ने पत्रकारका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन तथा घरबाटै काम गर्ने वातावरण बनाउन सञ्चार गृहलाई पनि आग्रह गर्दछ।’ 

साथै, कारोना संक्रमणले उत्पन्न गराएकोे अवस्थाको बहाना बनाई श्रमजीवी पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता कार्य नगर्न तथा पत्रकारको बक्यौता रकम तत्काल भुक्तानी दिन महासंघले  आग्रह गरेको छ। 

साथै, महासंघ कोरोना सक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ। 

प्रकाशित: Apr 27, 2021| 11:39 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।