बिहीबार, फागुन २८, २०८२

विदेशबाट अक्सिजन आयात गर्दै दिल्ली सरकार 

भारतमा कोरोना सङ्क्रमित अत्यधिक बनेपछि अक्सिजन अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ। दिल्ली सरकारले बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं- भारतमा कोरोना सङ्क्रमित अत्यधिक बनेपछि अक्सिजन अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ। दिल्ली सरकारले बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको हो। अक्सिजनका ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए।

National life

मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गरेका छन्। 

दिल्ली सरकारले तत्काल प्रयोग गर्न मिल्ने २१ वटा अक्सिजन प्लान्ट आयात गर्न लागेको समेत उनको भनाइ छ।  ती प्लान्ट दिल्लीको विभिन्न अस्पतालमा लगाइने उनले उल्लेख गरे। 

भारतमा दैनिक तीन लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएपछि अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको बताइएको छ।अक्सिजनको अभावमा दैनिक सयौंले ज्यान गुमाइरहेका स्थानीय समाचार माध्यमहरूले बताएका छन्। 

देशमा अक्सिजन अभाव भएपछि भारतले तत्कालका लागि अक्सिजन निर्यातमा रोक लगाएको छ। यसबाट नेपाल, बङ्गलादेश, श्रीलङ्कालगायतका एसियाली मुलुकमा समेत अक्सिजनको अभाव आउनसक्ने अनुमान गरिएको छ। 

Laxmi sunrise bank
kumari

केन्द्र सरकारले अक्सिजनको कमी भएकोभन्दै अक्सिजन आवश्यक पर्ने कतिपय कलकारखानाहरू सञ्चालन नगर्न निर्देशनसमेत दिइसकेको छ।

प्रकाशित: Apr 27, 2021| 14:35 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।