आइतबार, असोज ११, २०८३

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

काठमाडौं- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई  गएराती काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार कार्यालयमा दर्ता भएको एक उजुरीका आधारमा जबरालाई पक्राउ गरिएको हो। तर, उनीविरुद्ध परेको उजुरीको विषय र लगाइएको कसुरबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। जबरालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि कार्यालयमा लगिएको जनाइएको छ।

उनीविरुद्धको उजुरी र अनुसन्धानको विषयमा प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।

प्रकाशित: Sep 27, 2026| 07:01 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्