आइतबार, असोज ११, २०८३

आज विश्व पर्यटन दिवस मनाइँदै

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

काठमाडौं- आज सेप्टेम्बर २७ अर्थात् ४७औँ विश्व पर्यटन दिवस मनाइँदैछ। 

यसबर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ तय गरिएको छ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। 

पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन्।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ। सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ। पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२६ को आठ महिनामा ७ लाख ७७ हजार ६७२ पर्यटक नेपाल आएका छन्।।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ। विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउछन्। दसैँ, तिहार, छठलगायत पर्वले पर्यटनमा रौनक बढाउँछ। विश्व पर्यटन दिवसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र यस क्षेत्रमा माहोल सिर्जना गर्न मद्दत पुग्ने व्यवसायीले बताएका छन्।

प्रकाशित: Sep 27, 2026| 06:26 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्