आइतबार, असोज ११, २०८३

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, सतर्क रहन आग्रह

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

हेटौंडा- कुलेखानी जलाशयमा पानीको सतह बढिरहेको छ। बिहान ७ बजेको अपडेट अनुसार पानीको सतह बढेर १५२५.६१ मिटर पुगेको हो।

निरन्तर ठूलो वर्षा भइरहेकाले पछिल्ला दिनको तुलनामा जलाशयमा पानीको सतह केही तीव्र गतिमा बढिरहेको जनाइएको छ।

कुलेखानी जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ। हाल जलाशयबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको विद्युत प्राधिकरणले जनाएको छ। जलाशयमा पानीको सतह बढेर १५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइने र त्यसपछि पानीको सतह थप बढ्दै गएमा क्रमशः तीन पटकसम्म साइरन बजाइने जानकारी दिइएको छ।

तीन पटक साइरन बज्ने अवस्था आउँदा जलाशयको पानीको सतह १५३० मिटर पुगेको हुने र त्यसपछि बाँधको मुख्य ढोका बिस्तारै खोलिने जनाइएको छ।

निरन्तर ठूलो वर्षा भइरहेकाले जलाशयको पानीको सतहमा भइरहेको वृद्धिलाई निगरानी गरिरहेको प्राधिकरणसहित स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित: Sep 27, 2026| 08:02 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्