बिहीबार, माघ ८, २०८२

काठमाडौं रेजर्सविरुद्ध धनगढीको रोमाञ्चक जित

काठमाडौं रेजर्सविरुद्ध आक्रामक सुरुवात गरेको धनगढी फुटबल क्लबले जारी नेपाल सुपर लिग (एनएसएल)मा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न मंगलबारको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोलले हराएको हो।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं- काठमाडौं रेजर्सविरुद्ध आक्रामक सुरुवात गरेको धनगढी फुटबल क्लबले जारी नेपाल सुपर लिग (एनएसएल)मा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न मंगलबारको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोलले हराएको हो।

National life

सातौं मिनेटमा काठमाडौंका मेसुकेको फ्री-किक धनगढीका कप्तान किरण कुमार लिम्बूले सहजै नियन्त्रणमा लिए। ११औँ मिनेटमा धनगढीका ओलडिपो ओलावाले अफिजले वान-टू-वानको अवस्थामा गोल गर्न चुकेका थिए।

खेलको १९औं मिनेटमा टंक बस्नेतले 'अन्स्योर' बललाई पोस्टको जाली चुमाएसँगै सुदुरपश्चिमको टिमले अग्रता बनाएको थियो। उनले दायाँतर्फको गोललाइन नजिकबाट प्रहार गरेको बल पोस्टको कुनाबाट पोस्टभित्र छिरेको थियो।

त्यस्तै, खेलको २२औं मिनेटमा काठमाडौंले गरेको पोस्ट एटेम्प्ट सफल नभएपछि कप्तान किरणले पास दिएको बललाई विदेशी खेलाडी ओलावाले अफिजले काउन्टर अट्याकमा गोल गरेका थिए। यससँगै धनगढीले अग्रता दोब्बर बनायो।

तर, ३४औं मिनेटमा उनले गरेको सोही शैलीको काउन्टर अट्याक भने काठमाडौंका किपर विकेश कुथुले बचाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा काठमाडौंले गोल गरे पनि रेफ्रीले अफसाइड करार गरिदिएका थिए।

Laxmi sunrise bank
kumari

यता धनगढीले भने इन्ज्युरी समयको राम्रैसँग उपयोग गर्‍यो। दर्शन गुरुङले दिएको पासलाई ओलावालेले गोलमा परिणत गरेसँगै पहिलो हाफमा काठमाडौं तीन गोलले पछि पर्‍यो।

खेलका क्रममा काठमाडौंले केही राम्रा मुभ बनाए पनि स्कोर गर्न सकेन। ५२औं मिनेटमा छिरिङ गुरुङको पासलाई संजोक राईले पोस्टमा प्रहार गरे पनि पोस्टबाहिर गएको थियो।

तीन गोलको अग्रता बनाएको धनगढीका रमेश डंगोलले काठमाडौंका रुमेश बर्तौलामाथी फल गरेपछि डबल यल्लो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

यससँगै दबाबमा परेको धनगढीमाथि काठमाडौंले दबाब बनाए पनि स्कोर गर्न नसक्दा खेल पश्चिमी सहरको पोल्टामा पर्‍यो। उसले पहिलो खेलमा विराटनगरसँग ३-० गोलको हार व्यहोरेको थियो।

यो जितसँगै धनगढीले तीन अंक जोडेको छ भने काठमाडौंले शीर्षस्थानमा जाने अवसर गुमाएको छ।

प्रकाशित: Apr 27, 2021| 13:47 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।