शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • डेउडा गायक सुरेन्द्रद्वारा संकलित ३२ हजार रकम  बाढीपीडितलाई सहयोग

डेउडा गायक सुरेन्द्रद्वारा संकलित ३२ हजार रकम  बाढीपीडितलाई सहयोग

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

धनगढी । भारतको पञ्जाबस्थित लुधियानामा गौरा तथा तीज विशेष सांस्कृतिक कार्यक्रम–२०८३ आयोजना गरी कलाकार एवं डेउडा प्रतिष्ठानका सदस्य सुरेन्द्र संगम डोट्याल ‘बड्डा’को पहलमा बाढीपीडितका लागि ३२ हजार सहयोग रकम संकलन गरिएको छ। उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गरिएको छ। 

प्रवासमा रहेका नेपालीहरूले आफ्नो मौलिक कला, संस्कृति तथा डेउडा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम बाढी आउनुभन्दा करिब एक महिनाअघि तय गरिएको भएकाले स्थगित नगरेर बरु बाढीपीडितलाई राहत उपलब्ध गराउने गरि सञ्चालन भएको थियो। 

कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी विपद्मा परेका नेपाली नागरिकलाई सहयोग गर्ने उद्देश्यसमेत जोडिएको आयोजकको भनाइ छ। सोही उद्देश्यअनुसार सांस्कृतिक कार्यक्रममार्फत सहयोग रकम संकलन गरी बाढीपीडितको राहतमा प्रदान गरिएको हो।

प्रकाशित: Sep 04, 2026| 16:47 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्