शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले भोटेकोशी बाटीपीडितको राहत तथा उद्धारमा सरकार थप गम्भीर र सक्रिय बन्नु पर्ने बताएका छन्।

अकल्पनीय बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै उनले त्यहाँका जनताको जनजीवन झनै कष्टकर बन्दै गएकाले राहत तथा उद्धारमा सरकार थप गम्भीर बन्नुपर्ने बताएका हुन्।

‘बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। कैयौँ परिवार विस्थापित भएका छन्। थुप्रै नागरिक अझै बेपत्ता छन्। बेपत्ताहरूका आफन्त आफ्ना मान्छे जिवितै फेला पर्छन् कि भन्ने आसामा अझैँ कुरि बसेका छन्। आज मात्रै दुई जनाको जिवितै उद्धार भएको छ। यसले थप आसा जगाएको छ। त्यसैले सरकारले उद्धारमा तिब्रता दिनुपर्छ,’ उनले भने।

त्यसक्रममा पीडित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे महरले जानकारीसमेत लिएका थिए। उनले विपद्को यस कठिन घडीमा कांग्रेस सरकारको साथमा रहेको बताएका थिए।

‘सरकारको प्रयास पर्याप्त नभएको गुनासो पीडितको छ। उहाँहरू मानसिक र शारीरिक रुपमा निकै विछिप्त हुनुभएको छ। राहत, उद्धारसँगै उहाँहरूलाई मानसिक मरामर्शको पनि ठूलो खाँचो छ,’ महरले भने।

समाजका प्रायः सबै वर्ग र क्षेत्र सरकारसँग असन्तुष्ट देखिएको अवस्थामा जनताको दुःख र पीडालाई सम्बोधन गर्ने विषयमा सरकार थप संवेदनशील बन्न आवश्यक रहेको महरले औंल्याएका छन्।

महरले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। उनले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन, उद्धार कार्यलाई प्रभावकारी बनाउन तथा घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास र आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: Sep 04, 2026| 15:25 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्