शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : साढे १५ हजारको परीक्षण गर्दा ४५ सयमा संक्रमण पुष्टि

कोरोना अपडेट : साढे १५ हजारको परीक्षण गर्दा ४५ सयमा संक्रमण पुष्टि

आज (मंगलबार) देशभर साढे ४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– आज (मंगलबार) देशभर साढे ४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ६८१ जनाको परीक्षण भएकोमा ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो। ५५ जना संक्रमणमुक्त भएका छन्।

१४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको हो।

मंगलबार पुष्टि भएका संक्रमितमध्ये काठमाडौंका १ हजार ६०२ जना, ललितपुरका २४० जना र भक्तपुरका १२४ जना गरी उपत्यकामा १ हजार ९६६ जना छन्। 

उमेर समूह हेर्ने हो भने १०२ जना नौ वर्षसम्मका, २८२ जना १० देखि १९ वर्षका २ हजार २४१ जना २० देखि ३९ वर्षका छन्। नेपालमा अहिले कुल २६ हजार २२५ जना सक्रिय संक्रमित छन्।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरूमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रूपन्देही छन्। थप ९ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन्।

सक्रिय संक्रमितमध्ये २ हजार ८७३ जना अस्पतालमा उपचाररत छन्। तीमध्ये ३१५ जना आईसीयूमा र ८४ जना भेन्टिलेटरमा छन्।

२४ घण्टामा १२ जनाको मृत्यु भएको छ भने १८ जनाकाे मृत्यु भएकाे रिपाेर्ट मन्त्रालयलाई प्राप्त भएकाे छ। अहिलेसम्म ३१ सय ९४ जना संक्रमितको मृत्यु भइसकेको छ। 

प्रकाशित: Apr 27, 2021| 11:48 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।