शुक्रबार, भदौ १२, २०८३

महाकाली अस्पतालमा अक्सिजन अभाव

कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना संक्रमित बिरामी बढेपछि अक्सिजनको अभाव हुन थालेको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

महेन्द्रनगर- कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना संक्रमित बिरामी बढेपछि अक्सिजनको अभाव हुन थालेको छ। चौध शय्याको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेपछि अक्सिजन अभाव भएको हो।

अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिजनको अभाव हुन थालेको बताए। अक्सिजन प्लान्टले अस्पताललाई आवश्यताअनुसार अक्सिजन दिन नसकेको बताए। 'आवश्यकताअनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएका छौँ,' डा रोकायाले भने, 'सङ्क्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको छ।' पचास शय्याको कोरोना अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ। 

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले प्रदेश सरकारले सघन कक्ष सुविधा बढाउने गृहकार्य गरिरहेको बताए। प्रक्रियागत अल्झनका कारण महामारीका बेला स्रोतसाधन खरिद गर्न समय लाग्ने गरेको उनको भनाइ छ। 'महाकाली अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी हँदैछ,' जोशीले भने, 'सेती प्रादेशिक अस्पतालमा त प्लान्ट पहिलेदेखि नै सञ्चालनमा थियो।'

यसैबीच भीमदत्त नगरपालिका–११ का एक कोरोना सङ्क्रमितको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितमध्ये चार दिनमा चारको मृत्यु भइसकेको छ। त्यसैगरी कञ्चनपुरको स्थानीय प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि बुधबारदेखि आंशिक लकडाउन गर्ने जनाएको छ। 

यस्तै, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन दिउँसो ३ बजेदेखि बिहान ८ बजेसम्म बजार, कलकारखाना, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। बैठकले जोरबिजोर प्रणालीबाट यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको छ। -रासस

प्रकाशित: Apr 27, 2021| 14:19 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।