शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा खोप लगाएका ३१ जनामा कोरोना संक्रमण, विशेषज्ञ भन्छन्- सबै सतर्क बनाैं

भक्तपुरमा खोप लगाएका ३१ जनामा कोरोना संक्रमण, विशेषज्ञ भन्छन्- सबै सतर्क बनाैं

पहिले भन्दा अहिलेको संक्रमण झनै संक्रामक र जोखिमयुक्त देखिएकाले बालकदेखि वृद्धसम्म सजग हुनुपर्ने देखिन्छ। यसले भारतमा लिइरहेको भयावह रुप नलिओस् भन्नका लागि हामी सबै आआफ्नो स्थानबाट सजग र सतर्क रहौं।’
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– भक्तपुरमा खोप लगाएका ३१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार खोप लगाएका ३१ जनाको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

उनले भने, ‘पाँचसात दिनअघि खोप लगाएका व्यक्तिमा पीसीआर पोजेटिभ देखिनु स्वभाविकै हो।’ 

भक्तपुरमा सोमबार ११८ जनामा कोरोना संक्रमण भएको थियो। तीमध्ये ३१ जना कोरोना खोप लगाएका व्यक्ति थिए। 
मिजारले भने, ‘कोभिड पोजेटिभ हुनेमा खोप लगाएको एक हप्ताभित्रका व्यक्ति छन्।'

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना खोप लगाइसकेपछि पनि मानिसमा संक्रमण देखिन सक्ने बताए। उनले भने, ‘खोप पूर्ण रुपमा सुरक्षित होइन। यसैले हामीले सुरुदेखि नै सबैले स्वास्थ्य सावधानी अपनाउनुपर्छ भनिरहेका हौं।’

उनका अनसार खोप लगाइसकेका मानिस गम्भीर अवस्थामा भने पुग्दैनन्। कोरोना खोपले मानिसको रोग प्रतिरोधक क्षमता विकास गर्ने उनले बताए। उनले भने, ‘यस्तो अवस्थामा रोग नसर्ने भन्ने हुँदैन। तर यसले खोप लगाइसकेका मानिसलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउँछ।’

त्यस्तै उनले खोप लगाइसकेका मानिस संक्रमित भए अन्य मानिसमा पनि संक्रमण हुने जोखिम हुने भएकाले सबैले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका सबै स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए। 

उनले भने, ‘पहिले भन्दा अहिलेको संक्रमण झनै संक्रामक र जोखिमयुक्त देखिएकाले बालकदेखि वृद्धसम्म सजग हुनुपर्ने देखिन्छ। यसले भारतमा लिइरहेको भयावह रुप नलिओस् भन्नका लागि हामी सबै आआफ्नो स्थानबाट सजग र सतर्क रहौं।’

प्रकाशित: Apr 27, 2021| 11:07 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।