आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : कर्मचारी संक्रमित भएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित 

प्रदेश २ : कर्मचारी संक्रमित भएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित 

कर्मचारीमा कोरोना संक्रमण भएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, वैशाख १४, २०७८

जनकपुरधाम– कर्मचारीमा कोरोना संक्रमण भएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयमा कार्यरत तीन कर्मचारीमा कोरोना संक्रमण भएकै कारण प्रदेशसभा बैठक स्थगित गरिएको हो। 

National life

प्रदेशको नाम तथा राजधानीका विषयमा मंगलबार ११ बजेका लागि बोलाइएको बैठक कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बस्न नसकेको प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले जानकारी दिए।

६ महिनापछि गत चैत ३० गते प्रदेशसभा बैठक बसेको थियो। त्यसपछि वैशाख १० गते बसेको प्रदेशसभा बैठक वैशाख १२ गते बोलाइए पनि त्यसयता बस्न सकेको छैन।

वैशाख १२ गते दिनको ११ बजे बोलाइएको प्रदेशसभा बैठकसमेत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए बैठकको समय एक दिन सारिएको थियो। त्यस दिन पनि बैठक बस्न नसकेपछि मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक डाकिएको थियो।

कोरोना संक्रमण जोखिमका कारण बैठक अनिश्चितकालका लागि स्थगित गर्नुपरेको सचिव यादवले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 27, 2021| 11:30 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।