लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनले अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको ठहर गरेको छ। प्रदेश प्रमुखले असंवैधानिक रूपमा मुख्यमन्त्रीमा पोखरेललाई शपथ गराएको भन्दै उक्त निर्णय...
कोरोनाको दोस्रो लहरसँगै संक्रमितहरुले अस्पतालमा अक्सिजन नपाएका मृत्युवरण गरिरहेको समयमा कञ्चनपुरका दुई युवाले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले अक्सिजन लुकाएको वा बेड हुँदाहुँदै छैन भनेर बिरामीलाई नदिएको थाहा पाए कडा कारबाही गरिने चेतावनी दिएका छन्।
मंगलबार रातिदेखि दैलेखमा निषेध आदेश लागू हुने भएको छ। दैलेखका कोरोना संक्रमण बढ्न थालेपछि एक साता जिल्लाभर लागू हुने गरी प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निषेध आदेश जारी गरेका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्, ‘सरकारसँग सम्झौता भएका निजी अस्पतालमा मात्रै आमनागरिकलाई नि:शुल्क उपचार गर्न सकिन्छ। अन्यथा कोरोना संक्रमित नै भए पनि सरकारले केही गर्न सक्दैन।’