काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक प्रदेशका संघीय सरकारका एक जना मन्त्री फोकल पर्सन तोक्ने घोषणा गरेका छन्।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी समन्वयका लागि फोकल पर्सन तोकिने बताएका हुन्।
कोरोना संक्रमितका बिरामीको उपचारका लागि बाहेक अन्य क्षेत्रमा अक्सिजनको प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ। प्रधानमन्त्री ओलीले अक्सिजनको प्रयोग कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि मात्र गरिने बताएका हुन्।
उनले अक्सिजनको कालोबजारी गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।
