काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि जारी गरिएको निषेध आदेश कार्यान्वयनमा थप कडाइ गरिने बताएका छन्।
आज सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको ज्यान बचाउनका लागि निषेध आदेश लगाइएको भन्दै त्यसको कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारे। अहिले देशका ४१ जिल्लामा निषेध आदेश जारी भइसकेको छ।
