यसअघि वैशाख १३ गते जारी गरेको निषेध आदेश सोमबार राती १२ बजे समाप्त हुँदैछ। सोमबार राती १२ बजेबाट नै लागू हुने गरी थफ एक साता निषेध आदशको अवधि बढाइएको हो।
काठमाडौं उपत्यकाका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) को चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘एयरलिफ्ट’ गरी बिरामी लैजाने क्रम बढेको छ।
पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ। भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको ७३ वर्षको उमेरमा निधन भएको हो।