सुर्खेत- जाजरकोटको बारेकोट गाउँपालिका-४ जिरी टक्क सार्कीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कुशे गाउँपालिका-९ चौराठा राजेन्द्र सुनार छन्। राजेन्द्रले वैशाख १८ गते मृतक टक्क र कुशे गाउँपालिका-९ का जल्लप सार्कीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
कुटपिटबाट घाइते भएका टक्कको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा शनिबार बाटोमै मृत्यु भएको थियो। जल्लप भने सामान्य घाइते छन्। टक्कको मृत्युपछि फरार रहेका
राजेन्द्रलाई शनिबार राति नियन्त्रणमा लिएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। पक्राउ परेका राजेन्द्रका विषय थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
