काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज सोमबार दिउँसो साढे ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ।
