बिहीबार, भदौ ११, २०८३

नवलपरासी पूर्वमा एकै दिन भेटिए ३९ कोरोना संक्रमित 

नवलपरासी पूर्वका विभिन्न पालिकामा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

पोखरा - नवलपरासी पूर्वका विभिन्न पालिकामा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार मध्यविन्दु जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरू २१ देखि ८५ वर्ष उमेर समूहका रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार संक्रमतिलाई आईसोलेसनमा राख्ने तयारी भइरहेको छ।

निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा १९ हजार २ सय २१ मध्ये २ हजार ४३ सक्रिय संक्रमति रहेका छन्। हालसम्म २ सय ३२ संक्रमितको मृत्यु भइसकेको छ।  गण्डकीमा आइतबार मात्रै ८ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: May 03, 2021| 07:24 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।