बिहीबार, भदौ ११, २०८३

रूपन्देहीमा कोरोना : १२ घन्टामा १२ जनाकै मृत्यु 

कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना नै संक्रमितको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

बुुटवल– कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना नै संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा ६ र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ६ जनाको मृत्यु भएको हो। 

लुम्बिनी प्रादेशिक अस्पतालका सूूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कोरोना विशेष अस्पतालमा उपचाररत ६ पुरुषको मृत्यु भएको छ। भैरहवास्थित युनिसर्भसल मेडिकल कलेज भैरहवामा पनि ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको मेडिकल कलेजका सूूचना अधिकारी सुशिल गुरुङले जानकारी दिए।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११७ पुुगेको छ। रुपन्देहीमा सोमबारसम्म ३ हजार ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित: May 03, 2021| 08:55 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।