काठमाडौं– राजस्व संकलन काउन्टरका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताएका छन्।
कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयका अन्य सबै कर्मचारीको पीसीआर परीक्षण गराउने काम भइरहेको प्रजिअ कर्णको भनाइ छ।
