काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय अस्थिरता अन्त्य गर्ने अवसर भएको बताएका छन्।
प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै उनले टिवटमा भनेका छन्,‘संसदमा बिश्वासको मतलिने भएपछि विद्यमान राजनीतिक विकृतिरअस्थिरता अन्त्यगर्ने अवसर फेरि प्राप्त भएकोछ। नयाँ चुनाव नै त्यो अवसर हो।’
'जनतामा गएर प्रजातन्त्रको रक्षागर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसँग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने त्यसमा कांग्रेस र जसपा अग्निपरीक्षामा छन्', उनले भनेका छन्।
