बिहीबार, भदौ ११, २०८३

पाल्पामा दुई कोरोना संक्रमितको मृत्यु

काेराेना संक्रमणबाट पाल्पामा थप दुईजनाकाे मृत्यु भएको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

बुटवल - काेराेना संक्रमणबाट पाल्पामा थप दुईजनाकाे मृत्यु भएको छ। पछिल्लाे २४ घन्टामा रम्भा गाउँपालिका-३, पिपलडाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका-१० गेझाका ५७ वर्षीय पुरुषको मृत्यु भएको हाे।

मृतक दुवैजना पुरुषकाे मिसन अस्पताल पाल्पामा उपचाररत दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक रम्भाका ७८ वर्षीय पुरुषमा मुटुसम्बन्धी समस्या रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। 

७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घरमा पठाएको थियो।

पाल्पामा ४३६ जना काेराेनाका सक्रिय संक्रमित छन्। पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। 

प्रकाशित: May 03, 2021| 07:54 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।