बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : प्रधानमन्त्री ओली

कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : प्रधानमन्त्री ओली

सरकारले कोभिड-१९  नियन्त्रणमा खटिने फ्रन्टलाइनर कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने भएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- सरकारले कोभिड-१९  नियन्त्रणमा खटिने फ्रन्टलाइनर कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्। 

'प्रधानमन्त्री ओलीले कोभिडको पहिचान, उपचारको निदान र बिरामीको ओसारपसार , शव व्यवस्थपानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिनेछ,' ओलीले भने। 

 कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने कर्मचारीका परिवारको उपचार तथा बिमाको व्यवस्था गरिने घोषणा गरेका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी एक वर्षका लागि करारमा भर्ना गरिनेसमेत घोषणा गरेका थिए। 

प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील भएको दाबी गरेका थिए। उनले औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कारबाही गरिने चेतावनी दिए। 

प्रकाशित: May 03, 2021| 10:17 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।