बिहीबार, भदौ ११, २०८३

आज ७ हजार ४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ जनाको पीसीआर र ५१८जनाको एन्टिजेन परीक्षण भएकोमा ७ हजार ४४८ जनामा कोरोना पोजेटिभ देखिएको हो।

जसमध्ये ७ हजार ३८८ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ६० जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

हाल सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ रहेको छ।

पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार ३६२ पुगेको छ।

प्रकाशित: May 03, 2021| 11:50 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।