बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले विश्वासको मत लिने तयारी गरेपछि जसपा सांसदलाई काठमाडौं फर्किन निर्देशन

ओलीले विश्वासको मत लिने तयारी गरेपछि जसपा सांसदलाई काठमाडौं फर्किन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेसँगै जसपा अध्यक्ष महन्थ ठाकुरले सबै सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएका हुन्। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले राजधानी बाहिर रहेका सांसदलाई तत्काल काठमाडौं उपत्यका फर्कन निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेसँगै जसपा अध्यक्ष महन्थ ठाकुरले सबै सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएका हुन्। 

जसपा कार्यकारिणी समितिका सदस्य एवम् ठाकुर निकट नेता केशव झाले उपत्यकाबाहिर पुगेका सांसदलाई काठमाडौं फर्किन र काठमाडौंभित्रै रहेकालाई उपत्यका नछाड्न निर्देशन दिइएको जानकारी दिए। 

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि जसपाभित्रको महन्थ–राजेन्द्र पक्ष आफ्नो रणनीति बनाउन जुटेको छ। जसपाभित्र ओलीलाई समर्थन गर्ने नगर्नेमा विवाद छ।

प्रकाशित: May 03, 2021| 09:36 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।