काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले अक्सिजन लुकाएको वा बेड हुँदाहुँदै छैन भनेर बिरामीलाई नदिएको थाहा पाए कडा कारबाही गरिने चेतावनी दिएका छन्।
कोरोना महामारीबारे आज सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सबै अस्पतालमा अक्सिजन स्टक राखिने बताए।
