बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सबै अस्पतालले दैनिक रुपमा मन्त्रालयलाई बेडको विवरण दिनुपर्ने

सबै अस्पतालले दैनिक रुपमा मन्त्रालयलाई बेडको विवरण दिनुपर्ने

सरकारी र निजी सबै अस्पतालले दैनिक रुपमा आफ्नो अस्पतालमा प्रयोग भएका र खाली रहेका बेडको अद्यावधिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने भएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- सरकारी र निजी सबै अस्पतालले दैनिक रुपमा आफ्नो अस्पतालमा प्रयोग भएका र खाली रहेका बेडको अद्यावधिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने भएको छ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विवरण नपठाउने अस्पताललाई कारबाही गरिने बताएका छन्। 

अस्पतालले खाली भएका वा प्रयोग भइरहेका बेडबारे मन्त्रालयमा जानकारी गराउनुपर्नेछ। साथै नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार बेडको अस्पताल बनाउन निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताएका छन्।

सरकारले वीर अस्पताल र नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं उपत्यकाका धेरै बेड भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने छ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरे।

प्रदेश सरकरले पनि सम्बन्धित प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्प्ताललाई कोभिड अस्पतालको रुपमा र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। 

सबै प्रकारका सार्वजनिक एवम् सामुदायिक स्थल, रंगशाला, सभा हल, गोदाम घर होटल, कारखाना लगायतलाई सुविधायुक्त क्वारेन्टिन आइसोलेसन र होल्डिङ सेन्टर बनाउन निर्देशन दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

प्रकाशित: May 03, 2021| 10:43 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।