बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिरामीको उपचारबाहेक अन्यत्र अक्सिजन प्रयोगमा प्रतिबन्ध

बिरामीको उपचारबाहेक अन्यत्र अक्सिजन प्रयोगमा प्रतिबन्ध

सरकारले कोरोना संक्रमितका बिरामीको उपचारका लागि बाहेक अन्य क्षेत्रमा अक्सिजनको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं– सरकारले कोरोना संक्रमितका बिरामीको उपचारका लागि बाहेक अन्य क्षेत्रमा अक्सिजनको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै अक्सिजनको प्रयोग कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि मात्र गरिने बताएका हुन्।

देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अस्पतालमा बिरामीका उपचारका लागि मात्र प्रयोग गरिने उनले बताए। उनले भने, ‘ठूला मेडिकल र अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ। यसरी उत्पादन अक्सिजन अन्य क्षेत्रमा आपूर्ति गर्न प्रतिबन्ध लगाइएको छ।’ उनले सञ्चालनमा नआएका प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइने बताए।

ओलीले लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेमाथि कारबाही गरिने बताए। 

प्रकाशित: May 03, 2021| 10:10 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।