बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली-अंग्रेजी भाषामा देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

नेपाली-अंग्रेजी भाषामा देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

नेपाल टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा उनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले व्यापक रुपमा काम गरिरहेको दाबी गरे।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गरेका छन्।

नेपाल टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा उनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले व्यापक रुपमा काम गरिरहेको दाबी गरे।

सम्बोधनको सुरुमै उनले गत वर्ष सरकारले लिएका रणनीतिले कोरोनाविरुद्ध विजय प्राप्त गरेको बताए। साथै उनले यो वर्ष निषेध आदेश गरिएका जिल्लामा यसलाई कडाइ गर्दै लैजाँदै जाने पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले गत वर्षको लकडाउन खुलेसँगै हेलचक्र्याईँ बढेको र त्यसका कारण संक्रमण तीव्र रुपमा फैलिएको जिकिर गरे।

सम्बोधनमा उनले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका केही निर्णयहरु पनि सार्वजनिक गरे।

मन्त्रिपरिषद् बैठकले आज २० गते रातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। यस्तै वैशाख २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिने, भारतसँग जोडिएको ३५ नाकामध्ये २२ वटा नाका बन्द गरी १३ वटा नाकामात्रै सञ्चालनमा ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णय प्रधानमन्त्री ओलीले सुनाए।

सम्बोधनमा ओलीले सरकारले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, कोरोना नियन्त्रणका लागि अन्तरमन्त्रालय समन्वय लगायतका कुरामा जोड दिए।

साथै सबैलाई सजग बन्न, आतंकित नहुन तर होसियार हुन आग्रह गरे।

धेरै लामो सम्बोधन नगरेका प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको सार कुरा अंग्रेजीमा पनि भने। नेपाली भाषाको सम्बोधन सकेपछि त्यसैको संक्षिप्त विवरण अंग्रेजी भाषामा पनि सुनाए।

प्रकाशित: May 03, 2021| 10:18 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।