बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाकाली अस्पताललाई दैनिक ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउँदै कञ्चनपुरका युवा

महाकाली अस्पताललाई दैनिक ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउँदै कञ्चनपुरका युवा

कोरोनाको दोस्रो लहरसँगै संक्रमितहरुले अस्पतालमा अक्सिजन नपाएका मृत्युवरण गरिरहेको समयमा कञ्चनपुरका दुई युवाले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने भएका छन्।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

धनगढी– कोरोनाको दोस्रो लहरसँगै संक्रमितहरुले अस्पतालमा अक्सिजन नपाएका मृत्युवरण गरिरहेको समयमा कञ्चनपुरका दुई युवाले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने भएका छन्।

महेन्द्रनगरका युवा व्यवसायी दिनेश मल्ल र सुशील श्रेष्ठले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन्। 

उनीहरुले पहिलो चरणमा अस्पताललाई एक हप्तासम्म दैनिक ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने सम्झौता भएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए।

मल्लले महामारीको अवस्था हेरेर अस्पताललाई अक्सिजनको आपूर्ती बढाउँदै लगिने बताए। कोरोना संक्रमित अक्सिजन नपाएर छटपटिइरहेको देखेपछि सामाजिक उत्तरदायित्व सम्झेर अक्सिजन उपलब्ध गराउने निर्णयमा पुगेको उनले बताए।

गत वर्ष मल्ल र श्रेष्ठको नेतृत्वमा महेन्द्रनगरका युवा व्यवसायी र व्यापारीहरुको समूहले कोरोना कहरका कारण भारतबाट फर्केकालाई भोजन र पानीको निःशुल्क व्यवस्थापन गरेको थियो।

महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले युवाले देखाएको सहयोगी भावले संक्रमितको उपचारमा सहज हुने बताए। आज बिहान अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि हुम्यानिटी फाउन्डेसन नेपालले महाकाली अस्पताललाई ८० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो।

प्रकाशित: May 03, 2021| 10:59 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।