बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए।
नेकपा एमालेका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागीता ‘कस्मेटिक सहभागीता’ मा मात्रै सीमित हुने बताएका छन्।
यी गीतमा दाजुभाइ-दिदीबहिनीको प्रेम झल्किएको हुन्छ। माटोबाट तयार पारिएका सामाचखेवाका आकृति घाममा सुकाई राती रातो ढाकीमा राखेर साँझ दियो बाली साथीहरुसँग मिलेर लोकभाकामा गाउँदै सामा खेलिन्छ सामाचकेवामा।
भारतका योगगुरु तथा पतञ्जली योगपीठका योगऋषि बाबा रामदेव काठमाडौं आइपुगेका छन्। बाबा रामदेव बुधबार आफ्ना सहकर्मी आचार्य बालकृष्णसहित बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्।
आफूहरुको आन्दोलनमा प्रहरी दमन भएपछि नेपाल बार एसोसिएसनका पदाधिकारी छलफलमा जुटेका छन्। प्रहरीको लाठी प्रहारबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत घाइते भएपछि उनीहरु छलफलमा जुटेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले घेराबन्दीमा पारेर आक्रमण गरेको आरोप अधिवक्ता ओमप्रकाश अर्यालले लगाएका छन्।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। आफ्नो देशले उपलब्ध गराएको खोप वितरण अवलोकन गर्न उनी त्यहाँ पुगेका हुन्।
मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो।