बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भैरहवा विमानस्थलमा चिनियाँ झण्डा फहराइएकोमा नेपाल डेमोक्रेट युनियनको आपत्ति

भैरहवा विमानस्थलमा चिनियाँ झण्डा फहराइएकोमा नेपाल डेमोक्रेट युनियनको आपत्ति

नेपाल डेमोक्रेट युनियनले हालै राष्ट्रपति विद्यादेवी भण्डारीको भैरहवा भ्रमणका क्रममा चिनियाँ झण्डा फहराइएको घटनाप्रति आपत्ति प्रकट गरेको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं– नेपाल डेमोक्रेट युनियनले हालै राष्ट्रपति विद्यादेवी भण्डारीको भैरहवा भ्रमणका क्रममा चिनियाँ झण्डा फहराइएको घटनाप्रति आपत्ति प्रकट गरेको छ।

युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले विज्ञप्ति प्रकाशित गरी राष्ट्रवादको झुटो नारा दिएर नेपाली जनतालाई मूर्ख बनाउन कहिल्यै नथाक्ने सत्तारुढ र विपक्षमा रहेका नेपाली कम्युनिष्ट पार्टीहरुको यस घटनाप्रतिको प्रकट मौनता अप्रकट हर्षोल्लास भएको आरोप समेत लगाएका छन्।

उनले अगाडि भनेका छन्, ‘यस घटनाप्रति नेपाल डेमोक्रेट युनियन क्षुब्ध एवं आक्रोशित बनेको छ। त्यसरी चिनियाँ झण्डा फहराएर गरिएको स्वागतलाई राष्ट्रपति भण्डारीले जसरी सहजतासाथ स्वीकार गर्नुभयो, त्यो देशप्रतिको गद्दारीको सबैभन्दा ठूलो र ज्वलन्त प्रमाण हो भन्ने हाम्रो ठहर छ। आजको मितिसम्म पनि राष्ट्रपति वा उहाँको कार्यालयले उक्त घटनाको विरोध नगरेकोबाट सो घटना राष्ट्रपतिको निम्ति आपत्तिजनक नभएर स्वीकार्य र स्वागतयोग्य रहेको प्रमाणित भएको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल डेमोक्रेट युनियन राष्ट्रपतिको यो अक्षम्य अपराध र गद्दारीका निम्ति सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग मार्फत तत्काल अपदस्थ गरोस् र कम्युनिष्ट चीन सरकारलाई कडा चेतावनी देओस् भन्ने माग गर्दछ। प्रजातन्त्र प्रेमी एवं राष्ट्रवादी नेपाली जनता चीनको उक्साहट र सक्रियता तथा नेपाली कम्युनिष्टहरुको समर्थनमा भएको यस राष्ट्र विरोधी कार्यलाई कदापि सहन तयार छैनन्।’  

प्रकाशित: Nov 18, 2021| 13:02 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।