बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोला प्रथाबाट इजलास तोक्ने निर्णय न्यायालय सुधारको एउटा पाइला : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

गोला प्रथाबाट इजलास तोक्ने निर्णय न्यायालय सुधारको एउटा पाइला : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

‘अब प्रधानन्यायाधीशले कुनै पनि मुद्दाको पेसी तोक्दा गलत नियत राख्न सक्दैनन्।’
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं– वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले दैनिक पेसीमा गोला प्रथाको निर्णय गर्नुलाई न्यायालय सुधारको एउटा पाइलो भएको प्रतिक्रिया दिएका छन्। सर्वोच्च अदालतको फुलकोर्टले गोलाप्रथा सम्बन्धी कार्यविधि पारित गरेपछि भण्डारीले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘अब प्रधानन्यायाधीशले कुनै पनि मुद्दाको पेसी तोक्दा गलत नियत राख्न सक्दैनन्।’ कार्यविधिअनुसार प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसी सूची निर्धारण हुनेछ।

भण्डारीले यस्तो प्रावधानले मुद्दा सही न्याय दिने खालका न्यायाधीशको हातमा पुग्न सक्ने पनि बताए। उनले भने, ‘अब न्यायमा सबैको समान पहुँच हुन सक्छ। विपन्नले पनि छिटो न्याय पाउने सम्भावना बढेको छ।’ यस्तै उनले यस्तो गोलाप्रथाका कारण न्याय किन्नु परेको भन्ने गुनासो पनि अन्त्य हुने विश्वास व्यक्त गरे।

यसअघि सर्वोच्च अदालतको फुलकोर्टले गोला प्रथाबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूसमेत सम्मिलित बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले निर्देशिका कार्यविधि पारित गरेको छ। उक्त कार्यविधिमा १८ जनाले न्यायाधीशले हस्ताक्षर गरेर प्रधानन्यायाधीशलाई पठाइएको छ।  नियमावली संशोधन गरेर गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था बनाए पनि गोला कसरी तान्ने र इजलास कसरी गठन हुन्छ भन्नेबारे विस्तृत व्यवस्थाका लागि ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ बनाइएको हो।

निर्देशिकाले गोला प्रणालीसम्बन्धी विस्तृत व्यवस्था छ । निर्देशिकाअनुसार ‘इजलास गठन र पेसी सूची निर्धारण गर्न मुख्य रजिस्ट्रारले उक्त दिनका लागि तोकिएका मुद्दालाई समूहमा विभाजन गरेर उक्त दिन गठन हुन सक्ने इजलास संख्याबारे प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई जानकारी गराउनुपर्ने’ हुन्छ। 

मुद्दाको पेसी तोक्ने नियमावली संशोधन गरेसँगै अब प्रधानन्यायाधीशले पेसी तोक्न पाउँदैनन्। जसअनुसार प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसी सूची निर्धारण हुनेछ।

गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिने पनि निर्देशिकामा उल्लेख छ। त्यस्ता गोटीलाई अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्नेछ। त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाउनुपर्ने हुन्छ, जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिने व्यवस्था गरिएको एक न्यायाधीशले जानकारी दिए।


प्रकाशित: Nov 18, 2021| 17:10 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।