बुधबार, भदौ ३, २०८३

मोटरसाइकल र गोरुगाडा ठोकिँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल र गोरुगाडा ठोकिँदा एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

धनगढी- कैलालीमा मोटरसाइकल र गोरुगाडा ठोकिँदा एक जनाको ज्यान गएको छ। कैलारी गाउँपालिका-१ हसुलियामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ब७प ३३८० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको गोरुगाडा ठोकिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कैलारी-३ का २५ वर्षीय सोलुचन चौधरी रहेका छन्। उनको सेती प्रादेशीक अस्पताल ल्याउँदै गर्दा बाटोमै मत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमै सवार सोही ठाउँका २४ वर्षीय बुद्धिसागर चौधरी घाइते भएका छन्। उनी सेती प्रादेशीक अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

मोटरसाइकल चालक कैलारी-३ कै लौटन चौधरी भने फरार रहेका छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 18, 2021| 09:35 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।