आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बार परिसरमै वकिललाई कालो कोट च्यात्‍ने धम्की दिने यी को हुन्? [भिडियोसहित]

बार परिसरमै वकिललाई कालो कोट च्यात्‍ने धम्की दिने यी को हुन्? [भिडियोसहित]

वकिललाई अपशब्द बोल्ने व्यक्तिको परिचय नखुले पनि ती व्यक्ति प्रधानन्यायाधीशबाटै परिचालित भएको हुनसक्ने अधिवक्ता ओमप्रकाश अर्यालको दाबी छ।
 |  बिहीबार, मंसिर २, २०७८
nespernesper

धीरज बस्नेत

धीरज बस्नेत

बिहीबार, मंसिर २, २०७८

vianetvianet

काठमाडौं- नेपाल बार एसोसिएसन परिसरमा बिहीबार कानुन व्यवसायीहरुले नियमित गर्दै आएको धर्ना र कोणसभा सकिएको थियो। धेरैजसो कानुन व्यवसायी बारबाट बाहिर निस्किसकेका थिए। केही कानुन व्यवसायीहरु प्रहरी दमनका विषयमा गफिँदै थिए। अदालत परिसरमा एसएलआर हतियार बोकेका प्रहरी खटाएर रक्तपात मच्चाउन खोजेको केहीले टिप्पणी गरिरहेका थिए। सञ्‍चारकर्मीहरु रिपोर्टिङ सकेर कार्यालय फर्किने तरखरमा थिए। बारको गेटबाहिर हतियार बोकेका प्रहरी बाक्लो संख्यामा उपस्थित थिए। स्वयं डीएसपीको कमान्डमा प्रहरी तैनाथ थिए।

triton college

अवस्था करिब शान्त थियो। तर, एकाएक चारजना अपरिचित युवा बारको भवनमा सरासर प्रवेश गरे। तीमध्येका सुन्तला रङको टिसर्ट लगाएका युवकले कानुन व्यवसायीतर्फ औंला तेर्साउँदै भने, 'देश चलाउने बेला आन्दोलन गर्न थाल्नुभयो भने तपाईंहरुको कोट च्यातेर बालिदिन्छौं हाम्ले। जुत्तैजुत्ताले हान्छौ हाम्ले। पैसा आउँछ भन्दैमा गलत मुद्दा लिने, गलत ऊ गर्ने? लाज लाग्दैन? तिमीहरुलाई कति पैसा भयो भने पुग्छ? तिमीहरुलाई यही बारमा आएर कुट्छु।' कानुन व्यवसायीका अनुसाार ती युवक तीर्थराज ढकाल हुन्। उनी उच्च अदालतका न्यायाधीश पुरुषोत्तम ढकालका भतिज रहेको एक कानुन व्यवसायीले बताए।

वकिललाई अपशब्द बोल्ने व्यक्तिको परिचय नखुले पनि ती व्यक्ति प्रधानन्यायाधीशबाटै परिचालित भएको हुनसक्ने अधिवक्ता ओमप्रकाश अर्यालको दाबी छ।

ती ढकालले यसरी धम्की दिइरहँदा कानुन व्यवसायीहरु अक्कनबक्क बने। अधिवक्ता कपिल पोखरेलले भने ढकालको एकोहोरो गालीको क्रमलाई रोक्दै- कहाँ छु, के बोल्दै छु भन्‍ने कुरा ख्याल गरेर बोल्न सचेत गराए। तर, ढकाल रोकिएनन्। बरु उल्टै के गर्छस् भन्दै झम्टिन गए। तल्लोस्तरको गाली गर्ने क्रम रोकेनन्। त्यसपछि आक्रोशित भएका अन्य कानुन व्यवसायी पनि बोल्न सुरु गरे। यिनीहरु को हुन्? कहाँबाट आए भन्दै प्रश्‍न गरे। वकिलहरु पनि उनीहरुमाथि जाइलाग्‍ने प्रयास गरे। त्यसपछि तनावग्रस्त बन्यो बारको भवन। 

कानुन व्यवसायी कपिल पोखरेलका अनुसार त्यतिबेलासम्म पनि प्रहरी अदालतभित्र प्रवेश गरेन। जब कानुन व्यवसायीले ती व्यक्तिलाई बारको भवनबाट निकाले त्यसपछि बल्ल प्रहरीले थाहा पाएझैं गरेर के भयो-के भयो भनेर प्रश्‍न गर्न थाले। त्यतिबेला उनीहरु रोडपारि पुगिसकेका थिए। बारमा हंगामा मच्चाएर स्वास्थ्य मन्त्रालयभित्र प्रवेश गरेका ती युवा त्यहाँबाट गाडी लिएर निस्किए। ‘प्रहरीले नै उनीहरुलाई बाटो क्रस गराइदियो। मैले प्रत्यक्ष देखिरहेको छु। यो सबै प्रहरीकै सेटिङमा भएको हो,’ अधिवक्ता पोखरेलले भने। 

National life insurance

वकिललाई कुट्छु, कालो कोट च्यातेर जलाउँछु भन्दा पनि प्रहरीले सुरक्षा घेरा हालेर भगाएको भन्दै अधिवक्ता पोखरेलले आक्रोश व्यक्त गरे। कानुन व्यवसायीहको आन्दोलन प्रभावहीन बनाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यी व्यक्तिहरु खटाएको उनको आरोप छ। ‘यस्ता व्यक्तिलाई प्रहरीले संरक्षण गरेर भगाउनुले यो सबैमाथिको सेटिङअनुसार भएको बुझ्‍न गाह्रो छैन्,’ उनले आक्रोशित हुँदै भने। 

वकिललाई अपशब्द बोल्ने  व्यक्ति प्रधानन्यायाधीशबाटै परिचालित भएको हुन सक्ने अधिवक्ता ओमप्रकाश अर्यालको दाबी छ। कानुन व्यवसायीलाई हतोत्साहित बनाउने आन्दोलन कमजोर बनाउने षड्यन्त्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै सेटिङमा भइरहेको छ। यो त्यसकै एउटा कडी हो,’ उनले भने। ती व्यक्तिहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरीसँग मागसमेत गरे। केही कानुन व्यवसायीले भने ती व्यक्तिहरु विचौलिया भएको र उनीहरु प्रहरीकै संरक्षणमा बारमा प्रवेश गरेर वकिलहरुलाई धम्की दिन सफल भएको टिप्पणी गरेका छन्। 

प्रकाशित: Nov 18, 2021| 14:39 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।