बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा वायु प्रदुषण बढ्दै, लकडाउन गर्नुपर्ने अवस्था आउनसक्छ : विज्ञ

नेपालमा वायु प्रदुषण बढ्दै, लकडाउन गर्नुपर्ने अवस्था आउनसक्छ : विज्ञ

बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्‍न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन्। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन्।

बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्‍न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए।

डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाण्डौंलगायत देशभरका केही सहरहरुमा वायुको गुणस्तर कम भएको बताएका छन्। उनले दक्षिण भारतमा २१५ मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्‍ने  तथा तराईमा शीतलहर देखापर्ने बताए। उनले भारतका केही सहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाडौं पनि प्रभावित हुने बताएका छन्। 

डा. उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगर लगाएत स्थानमा वायु प्रदुषणको स्तर बिग्रिँदै गएको बताए। जलवायुविज्ञ डा. उप्रेतीले भने, ‘अहिले खास अरेबियन सागर र बंगालको खाडीको सदन पार्टमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबियन सागरमा र पूर्वी बंगालको खाडीमा उत्पन्‍न हुने एक खालको सिस्टमले दक्षिण भारतमा ठूलो वर्षा गराउँदैछ, त्यहाँ २१५ मिलिमिटरभन्दा बढीको वर्षा (खतरा) भएकाले रेड अलर्ट जारी गरेको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ। वर्षा त हुँदैन, तर त्यसले उच्च हिमाली क्षेत्रमा बढी हिमपात हुने र बाक्लो कुहिरो लाग्‍ने, तराईमा शीतलहर हुनसक्ने सम्भावनालाई पनि नकार्दैन। चिसो बढ्ने नै भयो, सबैभन्दा विकराल रुप यतिबेला के ल्याउन सक्छ भने भारतमा अहिले प्रदूषणको मात्रा खतराको तहभन्दा माथि छ, यदि हावाको दिशा उत्तरतिर सर्‍यो भने दिल्लीदेखि भारतका ठूला सहरमा भएको प्रदूषणको मात्रा विराटनगर, धनगढी, महेन्द्रनगरमा आइसकेको छ।  हिजोदेखि आजसम्मको अवस्था हेर्ने हो भने रेड अलर्ट छ, हावाको खतरा तह पुगिसकेको छ, अहिलेको जस्तै हो भने काठमाडौंमा पनि यसको असर बढ्न सक्छ। यसले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी रोगहरुदेखि मानव स्वास्थ्यमा यसको ठूलो असर देखिन्छ, यसले डेथ पनि गराउन सक्छ।’

डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए। उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्नेतर्फ पनि सचेत गराएका छन्। डा. उप्रेतीले वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनेदेखि विभिन्न रोगहरु निम्त्याउन सक्ने बताए। 


प्रकाशित: Nov 18, 2021| 20:45 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।