बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेला हेर्न गइरहेको टयाक्टर पल्टिँदा दुईजनाको मृत्यु

मेला हेर्न गइरहेको टयाक्टर पल्टिँदा दुईजनाको मृत्यु

धनुषामा भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

जनकपुरधाम- धनुषामा भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु भएको छ।

सो दुर्घटनामा १८ जना घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्‍नेतले जानकारी दिए। उनले ओभरटेक गर्ने क्रममा ट्याक्टर दुर्घटना भएको बताएका छन्। 

जिल्लाको विदेह नगरपालिका वडा नं. ७ बेलापट्टीमा बिहीबार साँझ अन्टेस्ट ट्याक्टर पल्टिएको हो। सो दुर्घटनामा परी भारतको बिहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको उपचारको क्रममा मृत्यु भएको हो।

बाँकी १८ जना घाइतेको उपचार भइरहेको प्रवक्ता बस्‍नेतले जानकारी दिए। उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमला खोलाको भुत मेला हेर्न तथा स्‍नान गर्न जाँदै थिए।

प्रकाशित: Nov 18, 2021| 20:05 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।