बुधबार, भदौ ३, २०८३

डोजर पल्टिँदा चालकको मृत्यु

बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब ४: ०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब ४: ०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका-१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ। 

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका-१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उनले जानकारी दिए। बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो। 

प्रकाशित: Nov 18, 2021| 08:27 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।