बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा बाबा रामदेव, भारतका यातायातमन्त्री गड्करी पनि आउँदै

काठमाडौंमा बाबा रामदेव, भारतका यातायातमन्त्री गड्करी पनि आउँदै

भारतका योगगुरु तथा पतञ्‍जली योगपीठका योगऋषि बाबा रामदेव काठमाडौं आइपुगेका छन्। बाबा रामदेव बुधबार आफ्ना सहकर्मी आचार्य बालकृष्णसहित बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- भारतका योगगुरु तथा पतञ्‍जली योगपीठका योगऋषि बाबा रामदेव काठमाडौं आइपुगेका छन्। बाबा रामदेव बुधबार आफ्ना सहकर्मी आचार्य बालकृष्णसहित बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। 

 नेपालस्थित पतञ्‍जली योगपीठले मंसिर ३ गते काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन बाबा रामदेवसहितको टोली बिहीबार काठमाडौं आइपुगेको हो। 

भारतका यातायातमन्त्री नीतिन गडकरी पनि बिहीबार नै काठमाडौं आइपुग्‍ने कार्यक्रम रहेको छ। उनी पनि पतञ्‍जली योगपिठ नेपालकै निमन्त्रणामा नेपाल आउन लागेको योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहले जानकारी दिएका छन्। 

उनका अनुसार भारतीय यातायातमन्त्री गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ। भारतीय यातायातमन्त्री गडकरीले पतञ्‍जली योगपीठले ल्याउन लागेका दुईवटा टेलिभिजन च्यानल आस्था नेपाल र पतञ्‍जली नेपालको उद्घाटनमा सहभागी हुन आएका हुन्।

उक्त दुबैवटा च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने कार्यक्रम रहेको सिंहले जनाएका छन्। भारतीय यातायातमन्त्रीको नेपाल भ्रमण राजनीतिक नभएको बताइएको छ। 

तर, पछिल्लो समय नेपालमा भारतबाट हुने भ्रमण बाक्लिँदै गएको छ। यसअघि भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीले नेपाल भ्रमण गरेका थिए।

त्यसअघि पनि भारतीय पक्षबाट भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए भने त्यसपछि भाजपाका पूर्वमहासचिव तथा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द परान्डेले नेपाल भ्रमण गरेका थिए। 

प्रकाशित: Nov 18, 2021| 18:12 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।