बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतमा बिहानै तनाव, प्रहरीको लाठीबाट बार अध्यक्ष घाइते

सर्वोच्च अदालतमा बिहानै तनाव, प्रहरीको लाठीबाट बार अध्यक्ष घाइते

कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरीलाई हटाउन माग गर्दै विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं– कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरीलाई हटाउन माग गर्दै विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको छ। दंगा प्रहरीले भीड नियन्त्रणका नाममा वकिलहरूमाथि दमन गरेको भन्दै उनीहरुले हटाउन माग गरेका हुन्।

सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा केही वकिल घाइते भएका छन्। घाइते हुनेमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका केन्द्रीय सदस्य प्रकाश महर्जन लगायत छन्। श्रेष्ठ र महर्जनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ।

सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायी प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वारतर्फ जान खोजेपछि भएको झडपमा १० जना घाइते भएका हुन्।

प्रधानन्यायाधीश जबराविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई रोक्न एसलआर बोकेका सुरक्षाकर्मी तैनाथ भएका छन्। प्रहरी टोलीमा एसएलआर बोकेका जवानहरु अग्रमोर्चामा रहेका प्रहरीको सहयोगका लागि पछाडिपट्टी तैनाथ भएको देखिन्छ।  

एसएलआर बोकेका टोलीमा एसटीएफ (स्पेसल टास्क फोर्स) लेखिएको छ। कानुन व्यवसायीको प्रदर्शनमा एसएलआरसहितको टोली देखिएको पहिलोपटक हो। यसअघि अदालत परिसरमा यस्तो दृष्य नदेखिएको कानुन व्यवसायीहरुले बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। 

प्रकाशित: Nov 18, 2021| 11:35 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।