बुधबार, भदौ ३, २०८३

दुर्घटनामा परी सशस्त्र प्रहरीका सईको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

सुनसरी- मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानबीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो ।

बुधबार राति पौने ९ बजे को१व २४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनलाई अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 18, 2021| 09:04 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।