जल तथा मौसम विज्ञान विभागका अनुसार चारवटा प्रदेशमा आज बिहान वर्षा भइरहेको छ। प्रदेश-१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आन्तरिक मामिला मन्त्रालयको आयोजना तथा यूएनडीपी, डब्लूएफपी तथा भकारी सुपरपरियोजनाको सहयोगमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘मनसुन पूर्वतयारी प्रतिकार्य योजना अद्यावधिक कार्यशाला’मा सचिव भुसालले यहाँको भौगोलिक विशिष्टतालाई ध्यानमा राखेर प्रतिकार्य योजना...
गौतमसहित बोर्डका प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीले योग्यता नपुगेका व्यक्तिलाई नियुक्ति गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
ज्ञान बाँढ्ने थलो लगातार तालाबन्दीको शिकार हुँदा पनि विश्वविद्यालयको व्यवस्थापन तथा सम्बद्ध अधिकारीले ध्यान नदिँदा चौतर्फी आलोचना भइरहेको छ। किन तालबन्दी हुन्छ र के माग राखिन्छ भन्ने बारेमा आमरूपमा जानकारी...
उसो भए त कलेजपछि तपाईंको जीवन सहज भयो, हैन त? यो प्रश्नमा सन्तोष भन्छिन्, 'नाई! बीचमै मैले मेडिकलको पढाइको लागि भर्ना लिएँ। कलेजको अन्तिम वर्ष इन्ट्रनसिप चलिरहेको थियो। त्योपछि म...
करिब दुई सातादेखिको काठमाडौं उपत्यकामा फोहोर उठ्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहलाई बालुवाटार बोलाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त कलाकारहरूलाई विदेश जाँदा र फर्कंदा विमानस्थलको अति विशिष्ट तथा विशिष्ट कक्षमा प्रवेशको व्यवस्था मिलाउने भएको छ।
काठमाडौंको फालिने स्थान बञ्चरेडाँडाका स्थानीय अझै पनि आन्दोलनमा नै रहेका छन्। उपत्यकाको फोहोर लिएका गएका ट्रक फर्किएपछि आन्दोलन मत्थर हुने अपेक्षा गरिएपनि त्यसविपरीत स्थानीयले आन्दोलन जारी राखेका हुन्।