बिहीबार, असार ४, २०८३

बसन्त महर्जनको ‘बुद्ध विमर्श’ बजारमा

बुद्धत्व प्राप्तिका लागि गौतम बुद्धले गृहत्याग गरी श्रीमती यशोधरालाई बिचल्ली बनाएको भन्ने गैर बौद्ध समाजमा प्रचलित कथनको खण्डन गर्दै पुस्तकमा परिवार तथा नातागोतासँग सरसल्लाहपछि मात्रै गृहत्याग गरेको र बुद्धत्व प्राप्तिपछि परिवारका अन्य सदस्यले जस्तै पछि श्रीमतीले पनि बुद्धको संघमा प्रवेश गरी भिक्षुणी जीवन बिताएको विषय पुस्तकमा उल्लेख छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन/अनुसन्धान र लेखनमा सक्रिय लेखक बसन्त महर्जनको पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ।इन्साइट पब्लिकेसनले ल्याएको पुस्तकमा बुद्ध एक जना मात्रै नभएर बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं बुद्धहरु पनि रहेको र ती बुद्धहरुको पनि बौद्ध समाजबाट आदरसत्कार हुने विषय पुस्तकमा समावेश छ।

National life

बज्रयान बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरु मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको कुरा पनि पुस्तकमा उल्लेख छ। 

गौतम बुद्धको दैनिक जीवन चर्या कस्तो थियो? उनका गुरु को थिए अथवा थिएनन्? कसरी बुद्धत्व प्राप्त गरे? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए? किन तिनीहरु पहिलो र अन्तिम भएको? भन्ने प्रश्नहरुको जवाफ पुस्तकमा विवेचनासहित उल्लेख गरिएको छ। बुद्धसँग के कस्ता खुबीहरु थियो? बुद्ध भनेकैं के हो? भन्नेजस्ता महत्वपूर्ण प्रश्नहरुको जानकारी दिनुका साथै पुस्तकमा गौतम बुद्धको जीवनका विविध पक्षलाई उजागर गर्ने विभिन्न सन्दर्भ र प्रसङ्गलाई पुस्तकमा ठाउँ दिइएको छ। यसरी नै बुद्धसँगको जीवन यात्रामा साथ दिने अग्रणी नेपालीहरुको उल्लेख नेपाली समाजका लागि थप रोचक र छलफलको विषय हुने देखिन्छ।  

बुद्धत्व प्राप्तिका लागि गौतम बुद्धले गृहत्याग गरी श्रीमती यशोधरालाई बिचल्ली बनाएको भन्ने गैर बौद्ध समाजमा प्रचलित कथनको खण्डन गर्दै पुस्तकमा परिवार तथा नातागोतासँग सरसल्लाहपछि मात्रै गृहत्याग गरेको र बुद्धत्व प्राप्तिपछि परिवारका अन्य सदस्यले जस्तै पछि श्रीमतीले पनि बुद्धको संघमा प्रवेश गरी भिक्षुणी जीवन बिताएको विषय पुस्तकमा उल्लेख छ। 

लेखक बसन्त महर्जनका अनुसार बुद्ध, शिक्षा र गलत बुझाई गरी तीन खण्डमा विभाजित यस पुस्तकमा समाविष्ट सामग्रीहरु बुद्ध र बौद्ध धर्म–दर्शन बुझ्नका लागि आधारभूत ज्ञान हो।  १७६ पृष्ठको यस पुस्तकको मूल्य तीन सय पचास रुपैयाँ राखिएको छ। 

Shivam cement

प्रकाशित: Jun 10, 2022| 15:03 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।