बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्न चालू आवमै बजेट छुट्याउने सहमति

बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्न चालू आवमै बजेट छुट्याउने सहमति

बन्चरेडाँडा क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गर्न यसै आर्थिक वर्षमा बजेट छुट्ट्याउने सहमतिपछि स्थानीय बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिने भएका छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं– बन्चरेडाँडा क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गर्न यसै आर्थिक वर्षमा बजेट छुट्ट्याउने सहमतिपछि स्थानीय बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिने भएका छन्।

National life

आज सहरी मन्त्रालयमा भएको छलफलमा स्थानीय बासिन्दा, संघर्ष समितिले जग्गा अधिग्रहण, बन्चरेडाँडासम्म जाने बाटोका लागि पर्याप्त बजेट विनियोजन र स्थानीय बासिन्दा पनि रहने एक समिति गठन गरिनुपर्ने माग गरेका थिए। बन्चरेडाँडा क्षेत्रमा फोहोर व्यवस्थापनबारे अनुगमन गर्न स्थानीय बासिन्दासमेत रहको समिति गठन गरिनुपर्ने माग उनीहरूको थियो।

गत फागुन २६ मा मन्त्रिपरिषद बैठकले बन्चरेडाँडा सडक राम्रो बनाउने भने पनि जम्मा ५० लाख बजेट विनियोजन भएकोमा स्थानीयले बजेट पर्याप्त उपलब्ध गराउनुपर्ने माग गरेका थिए। आवश्यक बजेट विनियोजन गरी टेन्डरको प्रक्रिया सुरू गरिनुपर्ने माग उनीहरूको थियो।

बैठकमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सडकलगायत योजना अघि बढ्ने बताएकी थिइन्। ५० लाख बजेट विनियोजन भएकोले उक्त सडक बागमती प्रदेश मातहत गएकोले त्यसलाई मन्त्रालय मातहत ल्याउने उनको भनाइ थियो।

उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न जनप्रतिनिधि र स्थानीयको सहयोग आवश्यक परेको बताएकी थिइन्। ‘जग्गा अधिग्रहण गर्न पर्ने भए गर्ने हो। तर आजैदेखि फोहोर फाल्न दिऔं,’ उनले भनिन्, ‘काठमाडौंमा फोहोरले सकस भइसक्यो।’

Shivam cement

उनले मन्त्रालयबाट हुन नसक्ने काम मन्त्रिपरिषदमा लगेर गर्ने पनि बताएकी थिइन्। ‘यो बैठक गर्नुअघि प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेको हो। कतिपय कुरा मन्त्रिपरिषदबाट पनि पास गर्नुपर्ने हुन सक्छ,’ उनले भनिन्।

उनले आफूले दिएका अभिव्यक्तिबाट कसैको मन दुखेको भए क्षमा मागेकी थिइन्। 

बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जग्गा अधिग्रहण गर्ने कार्य अघि बढाउन सुझाव दिएका थिए। ‘जग्गा अधिग्रहण गर्न यसै वर्ष बजेट विनियोजन गरेर काम गरौं,’ उनले भने, ‘एउटा अनुगमन समिति पनि बनाऔं। जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गर्न हामी पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँछौं। मन्त्रालयले पनि कार्ययोजनामा यो विषय समावेश गरोस्।’ आजको बैठकमा काठमाडौंका सांसदहरू, मेयरहरू, वडा अध्यक्षहरू र कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र संघर्ष समिति व्यक्तिहरू लगायत उपस्थित थिए।

प्रकाशित: Jun 10, 2022| 14:05 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।