बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोहोर बहस निरन्तर, सुरक्षाकर्मीले अभिनन्दन नगरेको गुनासो

फोहोर बहस निरन्तर, सुरक्षाकर्मीले अभिनन्दन नगरेको गुनासो

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौँ फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउँदै यस्तो माग गरेका हुन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा काठमाडौंको फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौँ फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउँदै यस्तो माग गरेका हुन्। 

National life

बैठकको शून्य समयमा फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफू भएको उनको दाबी छ। ‘महानगरपालिकाको उम्मेदवारको रुपबाट मैले आकांक्षा गरेको थिएँ। तर उम्मेदवार बन्न पाएन। फोहोरमैलाको र काठमाडौँ अस्तव्यस्त, ध्वस्त भइरहेको छ। म सरकारसँग सभामुखमार्फत् म एउटा माग राख्न चाहान्छु, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस् भन्ने मेरो माग हो। आज एक महिना भइसकेको छ निर्वाचन सकिएको पनि। तर सरकार बनेको एक वर्ष भएको छ। यो फोहोरमैलालाई व्यवस्थापन गर्नलाई एउटा इच्छाशक्ति भएको मान्छे चाहिन्छ त्यो भनेको म हो भन्ने मेरो दाबी छ। त्यसकारण सभामुखमार्फत् सरकारलाई ध्यानाकर्षणसहित यो समिति बनाओस् भन्ने मेरो माग हो।’

प्रतिनिधि सभा सदस्य विमला विकले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गरिन्। उनले सरकारले मल दिन नसके किसानले सिमा पारिबाट ल्याएको मल नखोस्न आग्रह गरेकी थिइन्।‘म सरकारलाई सोध्न चाहान्छु किसानले मल पाउँछन् कि पाउँदैनन् ? यदी किसानले मल पाउँदैनन् भने किसानले टाउकोमा बोकेर सिमा पारीबाट ल्याएको मल खोसेर बहादुरी कमाउने काम नगरियोस्,’ उनले भनिन्। 

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पद्धार्थमा मुल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताए। निर्माण क्षेत्रमा २५ प्रतिशतले महंगी बढेकाले निर्माणको काम अलपत्र भएको उनको भनाइ छ। आगामी आर्थिक वर्षको बजेट सिमित नेता, मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको उनले टिप्पणी गरे। ‘सरकारले आज फेरि मटितेल र डिजेलमा मूल्य बढाएको छ। व्यवसायी तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएकोमा। अब महँगी झन् बढ्ने भयो। यो पटक पनि पुँजीगत खर्च नहुने भयो। निर्माण क्षेत्रमा मात्रै २५ प्रतिशतले महंगी बढेको छ। निर्माणको काम अलपत्र। बजेट सिमित नेता मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको छ,’ बस्नेतले भने। 

प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले ललितपुर शंखमुलस्थित जगतगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई भर्ना नलिएको भन्दै आपत्ति जनाए। गुरुकुलले भर्ना नलिएर शिक्षा र धर्म अवलम्बन गर्न पाउने हक हनन भएको र चरम जातिय विभेदको व्यवहार गरिएको बताए। गुरुकुलका प्राचार्य तेजप्रसाद भट्टराईलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न र बालकहरुको शिक्षादिक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरे। 

Shivam cement

प्रतिनिधि सभा सदस्य रंगमती शाहीले मानव तस्करी गम्भीर समस्या बनेको उल्लेख गरिन्। तस्करहरुको अन्तर्राष्ट्रियस्तरमा नै संगठित सञ्जाल बनेको बताइन्। तस्करहरुलाई नियन्त्रण गर्न सरकार असफल भएको उनको भनाई छ। 

प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक पर्नेभन्दा बढी जग्गा रोक्का गरिएको र काम पनि अगाडि नबढाइएकाले सो जग्गा फुक्का गर्न माग गरे। 

रेनुका गुरुङले संघीय संसद भवनको क्यान्टिनमा ढिलासुस्ती र लापरबाही हुने गरेको दुखेसो गरिन्। उनले पिउने पानी पनि सहज रुपमा नपाइने दुखेसो गरेकी थिइन्। ‘खानलाई क्यान्टिन गयो ढिलासुस्ती र खानेकुरा पकाइमा लापरबाही देखिन्छ। शौचालय गयो भुइभरी पानी पोखिएको हुन्छ। पिउने पानी कतै गिलास हुँदैन। कतै पानी हुँदैन। कतै तातोपानी हुँदैन। यो परिसरभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदलाई बन्देज हुनु हुँदैन। माननीय भनेको सबैले मान्नैपर्ने व्यक्ति भन्ने बुझिन्छ। सुरक्षाकर्मी कसैले अभिनन्दन गरेको छ, कसैले गर्‍या छैन। लापरबाही गरेको छ।’ उनले संसद भवनभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदलाई बन्देज नगर्न आग्रह गरिन्। 

प्रकाशित: Jun 10, 2022| 14:29 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।